इटहरी: धरान उपमहानगरपालिका, नगर बाल संजाल, धरान ६ नं. वडा बाल संजालले क्यापासिटी विल्डिग तथा करियर काउन्सिलिग कार्यक्रम वेविनार मार्फत सम्पन्न गरेको छ ।
ईन्टरनेटको सहयोग लिई जुम मार्फत सम्पन्न कार्यक्रम भाद्र २८ गते शनिवबार देखि १० दिन सम्म सम्पन्न भएको थियो । प्रदेश नं. प्रत्येक दिन विभिन्न विषयमा विषय विज्ञहरुबाट प्रस्तुत भएको कार्यक्रममा नगर बाल संजालमा आवद्ध बालबालिकाहरु, विभिनन वडाका कर्मचारीहरु लगायत ईच्छुकहरुको सहभागिता रहेको थियो ।
वेविनार कार्यक्रमको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी तथा ६ नं. वडाध्यक्ष भुवन सिंह बस्नेतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम राष्टिय बाल दिवस २०७७ को अवशर कार्यक्रम संचालन गरिएको हो ।
२०७७ को नारा विपदमा बाल अधिकार सुनिश्चितताः हामी सबैको प्रतिवद्धता भन्ने बाल दिवसको नारा रहेको छ ।
कोभिड १९ कोरोना भाईरसको संक्रमणका कारण बालबालिकाहरुमा परेको नकारात्मक मनोबैज्ञानिक असर कम गदैै स्वअध्ययनमा अभिप्रेरित गर्न वेविनारले सहयोग पुयाउने उद्देश्य रेहेको धरान ६ नं. वडाका वडा सचिव तथा वेविनार कार्यक्रमका संयोजक तुलसी आचार्यले वताए ।
वेवीनार कार्यक्रममा प्रमु्ख मोटिभेसन तथा वक्राको रुपमा प्रदेश नं. १ का जीवन घिमिरे, नरदेवी आयुर्बेद चिकित्सालयका निर्देशक प्रदिप केसी, राष्टिय फुटवल टिमका क्याप्टेन किरेम्जोग,संयाजक आचार्यश्री महेन्द्र भट्टराई, राष्टिय आवष्कार केन्द्रका प्रमुख महाविर पुन, उदयमान युवा नेत्री रञ्जु दर्शना रहेका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका समामाजिक शाखाकी प्रमुख प्रज्ञादेवी निरौलाले बाल मैत्री नगरको विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रमलाई नगर बाल संजालका सचिव निश्चल खड्काले उद्घाटन सत्रलाई होस्ट गरेका थिए ।
वेवीनार कार्यक्रम लाई नगर तथा वडा बाल संजालका सदस्य बालबालिकाहरुले नै संचालन गरेको बाल क्लवको अभिषेक खतिवडाले बताए ।
कार्यक्रम सोचे भन्दा वढी प्रभावकारी भएको र सहभागी बालबालिकाले मात्र नभएर आफुहरुले पनि धेरै कुरा सिक्न समुहका सदस्य धरान ६ वडा कार्यालयका ना.सु. दल वहादुर भट्राईले बताए ।
वेविनार कार्यक्रमको मिडिया पाटनर रुपमा कृति टेलिभिजन रहेको थियो ।