इटहरी : देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सगै देशभर संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

डा। गौतमका अनुसार २४ घण्टामा १ हजार ४ सय ५५जना निको भए सगै जम्मा निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ भने मृतकको संख्या ४ सय ५९ पुगेको छ ।