इटहरीः प्रदेश १ मा आज शनिबार एक सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित हुनेहरुमा सुनसरीका २४ जना, मोरङका ७२ जना, झापाका सात जना, भोजपुरका एक जना र प्रदेश १ बाहिरका २ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ३८ जना पुरुष र २६ जना महिला गरी ६४ जना संक्रमित भएकोे मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला र दुहवीमा १ पुरुष संक्रमित भएका छन् । झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ संक्रमित भएपछि प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ११९ जना संक्रमित निको भएका छन् ।
होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना निको भएपछि प्रदेश १ मा कोरोना संक्रमण निको हुनेकोे संख्या दुई हजार सात सय ८८ पुगेको छ । प्रदेश १ मा आज ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकोमो ४१ महिला र ६५ पुरुष गरी एक सय ६ जना संक्रमित फेला परेका हुन् ।