इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा गरि बस्दै आएका ग्राफिक डिजाइनर एव्म प्रेश संचालक प्रकाश नेपाललाई गत भाद्र ३१ गते सामान्य जोरो आयो । उनले अस्पतालमा गएर चेकजाँच गरि औषधि सेवन गरे । औषधी सेवन गरेपछि प्रकाशलाई जोरो ठिक भयो । उनि नियमित जस्तै काममा जान थाले । जोरो निको भएपनि उनि पुन कोरोना लागेको हो कि भनेर अस्पताल गए । उनलाई अस्पतालले पुन ‘सिटामोल’ दिएर पठायो ।
त्यसपछि आश्विन ३ गते प्रकाशलाई अस्पतालबाट फोन आयो र स्वाव दिन भनियो । ‘म अस्पताल गएको ३ दिनपछि आश्विन ३ गते मलाई अस्पतालबाट फोन आयो । तपाईँलाई कोरोनाको आशंकामा हामीले स्वाव परिक्षणको लागि नाम टिपाएका छौँ । पर्सि ५ गते जनता बहुमुखी क्याम्पसमा रहेको स्वाव संकलन केन्द्र गएर स्वाव दिनु भनेर जानकारी आयो’, उनले भने । प्रकाशले आफू स्वयमलाई पनि शंंका लागेकोले ५ गते गएर स्वाव दिएको बताए । त्यसपछि पनि उनि नियमीत रुपमा आफ्नै छापाखानामा नै काम गरिरहे ।
उपमहानगरले ५ गते संकलन गरेका स्वाव मध्ये केहिको रिपोर्ट आश्विन ७ गते बुधबार पोजेटिभ आयो । पोजेटिभको सूचीका प्रकाशको पनि नाम थियो । बुधवार राति नै रिपोर्ट आएपनि प्रकाशलाई विहिवार विहान ९ बजे जानकारी आयो । तर उनले थाहा पाउनु भन्दा पहिला नै टोलका अरुलाई थाहा भयो । ‘मैले ५ गते स्वाव दिएको थिएँ । म सहित केहि व्यक्तिको ७ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिए छ । तर मलाई ८ गते विहिवार विहान ९ वजे जानकारी भयो’, उनले भने ।
‘मैले विहान ९ वजे मात्र कोरोना पोजेटिभ आएको जानकारी आयो तर मैले जानकारी पाउनु भन्दा पहिला नै विहान ६ बजेतिर नै टोलका अरुलाई थाहा भइसकेको रैछ’, प्रकाशले भने । आफू कोरोना संक्रमित भएको कुरा अरुलाई पहिला थाहा हुँदा प्रकाशलाई नराम्रो लाग्यो । कोरोना संक्रमित बनेको टोलमा थाहा पाएपछि सबैले अपराधिको जस्तो व्यवहार गरेको उनको दुखेसो छ । ‘मलाई कोरोना लागेको थाहा पाएपछि टोलका सबैले थाहा भएपछि उनिहरुले हेर्ने नजर नै परिर्वतन गरे । मलाई एक अपराधिको जस्तो व्यवहार गरे’, प्रकाशले भने ।
उनलाई कोरोना लागेको जानकारी इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईले दिएका हुन् । ‘मलाई कोरोना लागेको जानकारी वडाध्यक्षले दिनुभयो । उहाँले मलाई फोन गरेर तपाईँलाई कोरोना लागेको छ । होम आइसोलेसनमा बस्नु हुन्छ कि उपमहानगरले व्यवस्था गरेको रंगशाला आइसोलेसनमा बस्नुहुन्छ भनेर मलाई सोध्नु भयो । म मेरो श्रीमती र एउटा नानि छ । एउटा पुरै फ्याल भएकाले मलाई परिवारबाट छुट्टै बस्न समस्या पनि थिएन् । म वडाध्यक्षकै परार्मश र सहमतिमा नै होम आइसोलेसनमा बसेको थिएँ’, उने भने । साथै उनले सरकारले होम आइसोलेसनका लागि लागू गरेको मपदण्ड पुरा गरेर नै बस्ने भन्दै वडाध्यक्षलाई जानकारी गरेको बताए ।
उनि सबैको सहमतिमा होम आइसोलेसनमा बस्न थालेका थिए तर टोलबाटै उनलाई होम आइसोलेसनमा बसेकोमा विरोध सुरु भयो । विरोध कसले र किन गर्यो भन्ने उनलाई थाहा छैन । ‘म सबै व्यवस्था मिलाएर होम आइसोलेसनमा बस्न थालेको थिएँ । केहि समयपछि पुनः वडाध्यक्षले बारम्बार मलाई फोन गरेर तपाई त्यहाँ बस्न नमिल्ने भयो भनेर जानकारी गराउनु भयो र लगत्तै एम्बुलेन्स बोलाएर मलाई एक अपहरणको शैलीमा रंगशाला आइसोलेसन लगियो’, प्रकाशले भने ।
कोरोना संक्रमितलाई समाजले गरेको व्यवहार र उपमहानगरले गरेको गैजिम्मेवारपुर्ण व्यवहारले आफूलाई असर परेको उनको भनाइ छ । साथै उनले केहि समय अगाडि घरमा नै बस्न आदेश दिनु र अनि केहि समयको अन्तरालपछि बस्न मिल्दैन भनिनु कसैबाट प्ररित भएर भनिएको हुनसक्ने बताए । उनले आफू माथि ‘राजनितिकरण’ भएको आरोप लगाएका छन् । उनि त्यहाँ नभएपति उनकी श्रीमती र नानि समस्यामा परेका छन् । संक्रमितको सम्पर्कमा आएको भनेर समाजले हेला गर्ने गरेकाले उनको परिवारलाई पनि थप समस्या परेको छ ।