इटहरीः सुनसरीको इटहरीमा आज आइतबार नौ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै यहाँ कूल संक्रमितको संख्या चार सय ८५ पुगेको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । आज थपिएका संक्रमितहरुमा इटहरी ६ का १ जना, ५८ वर्षीय पुरुष, इटहरी ८ का १ जना २३ वर्षीया महिला, इटहरी १२ का दुई जना, ५२ र ९० वर्षीय पुरुष, दुई जना ३९ र ८४ वर्षीया महिला, इटहरी ६ का १ जना ३६ वर्षीया महिला, इटहरी ८ का १ जना ३२ वर्षीय पुरुष र इटहरी १३ का ३२ बर्षीय पुरुष रहेका छन् ।
संक्रमितमध्ये केहीको गत असोज ८ गते इटहरी उपमहानगरपालिकाले स्वाब परीक्षण गराएको थियो भने केहीले मोरङको विराटनगरस्थित कोसी अस्पतालमा स्वैच्छिक रुपमा स्वाब परिक्षण गराएका थिए । आज थपिने संक्रमितहरुमा पाँच जना पुरुष र चार जना महिला रहेका छन् ।