इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि ल्याइएका कोरोना संक्रमित पुरुषको भर्ना नहुँदै गएराति १०ः४५ बजे मृत्यु भएको छ ।
मृ्त्यु हुनेमा झापाको कन्काई नगरपालिका–१ घर भएका ४७ वर्षीय पुरुष रहेको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गत भदौ ८ गते कोरोना देखिएपछि झापाकै मेची अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोसी अस्पताल अन्तर्गतको कोभिड केयर सेन्टरमा भर्नाका लागि ल्याइएकोमा एम्बुलेन्सबाट निकाल्ने क्रममा ज्यान गएको हो ।