इटहरी : निजी विद्यालयका अभिभावकहरुले धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलकलाई ज्ञापन पत्र बुझाएका छन् । धरानका केही निजी विद्यालयहरुले वर्षिक शुल्क र मासिक शुल्क उढाउन थाले पछि अन्यौता भएकाले प्रष्ट हुन ज्ञापन पत्र बुझाएका हुन् । कोभिड १९ कोरोना भाईरसको महामारीका कारण भएको लकडाउनबाट सवै क्षेत्र बन्द हुदाँ विगतमा जस्तो पुरै शुल्क तिर्न नसक्ने अभिभावकहरुको विज्ञप्तीमा उल्लेख गरेका छन् । अनलाईन कक्षा संचालन गरी केही विद्यालयहरुले बार्षिक र मासिक शुल्क तिर्न दबाद दिईरहको गुनासो समेत पोखेका छन् । अनलाईन कक्षाको प्रभावकारिताको सम्बन्धमा अभिभावकहरु अन्योल भएको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।

दशै तिहार पछि मात्र समयानुकुल मिलाई कक्षा शुरु गर्दा राम्रो हुने सुझाव दिएका छन् ।धरान उपमहानगरपालिकाबाट शुल्कबारे निर्णय वा सहमति नै नभई मासिक शुल्कको ताकेता गरेकामा आफुहरुलाई समस्या परेको अभिभावकहरुको गुनासो छ ।

विद्यार्थीहरुको पठनपाठन कसरी र कहिलेबाट शुरु गर्ने भन्ने सम्बन्धमा आफुहरुले छलफल गरिरहेको मेयर तिलक राईले बताए । शुल्कको सम्बन्धमा पनि नगरपालिकाले सहजिकरण गर्ने मेयर राईले बताए । अहिले यस विषयमा केही अन्यौता छाएको छ । सवैसँग समन्वय गरेर नगरपालिकाले निर्णय गर्ने र निणय अनुसार सबै सरोकारवालहरुल काम गर्नु पर्ने मेयर राईको भनाई थियो । शिक्षा शाखाले गर्ने हरेक निर्णयमा अभिभावकहरुको प्रतिनिधिलाई पनि सहभागी गराउनुपर्ने कुरा विज्ञप्तिमा उल्लेख छ ।