इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा आज थप १० जनामा कोरोना संक्रमितत पुष्टि भएको छ ।

आजै बिहान नौ जनामा संक्रमण पुष्टि भएकोमा यो संख्या थपिँदा आज संक्रमित हुनेको कूल संख्या १९ जना पुगेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले बताए । उनका अनुसार गत असोज ९ गते संकलन गरिएको स्वाब परिक्षणको नतिजा अनुसार संक्रमित हुनेहरुमा इटहरी–४ का २४ वर्षीय पुरुष र ४० वर्र्षीया महिला गरी दुई जना, इटहरी–७ का एक जना ४१ वर्षीय पुरुष,इटहरी–८ का एक जना ३२ वर्षीय पुरुष, इटहरी–९ का एक जना ३९ वर्षीय पुरुष, इटहरी–१० का एक जना ६२ वर्षीय पुरुष, इटहरी–१३ का एक जना २१ वर्षीय पुरुष र इटहरी–२० का ३६ वर्षीय पुरुष र ६१ वर्षीया महिला गरी दुई जना रहेका छन् ।

त्यसैगरी, कोसी अस्पतालमा आफैँले स्वाब संकलन गराएकामध्ये इटहरी–८ का एक जना ४४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको भट्टराईले बताए । इटहरीमा हालसम्म कोरोना संक्रमित हुनेहरुको कूल संख्या चार सय ९५ पुगेको प्रेस सल्लाहकार भट्टराईको भनाइ छ ।