इटहरी: कोरोना भाइरसको सन्त्रासले बिश्वको अधिकांस राष्ट्रहरू अक्रान्त छन । नेपाल पनि भाइरसकै कारण प्रभावित बनिसकेको छ भने प्रदेश एकका मुख्य जिल्लाहरू अहिले कोरोनाकै पकडमा रहेका छन । प्रदेश एकको उदयिमान शहर इटहरीका १९ वटा वडाहरूपनि कोरोनाकै कहरमा परिसकेका छन । शुक्रबार दिउसो १ बजे सम्म आइपुग्दा इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ४९५ पुगिसकेको छ । यो संख्या सुनसरीको १२ स्थानीय तहहरू मध्ये सबैभन्दा बढी मानिदै आएको छ ।

इटहरीको अधिकांस वडाहरूमा कोरोना संक्रमणको दर बढिरहदा वडा नं १५ मा भने अहिले सम्म कोरोना संक्रमित देखएका छैनन । हाल सम्म सो क्षेत्रमा ३० जना जनप्रतिनिधि , व्यवसायी , र केहि स्थानीयहरूको मात्र पिसिआर परिक्षण गरिएको जसमा सबैको रिपोर्ट नेगेटिभ आइसकेको वडा कार्यालयबाट बुझिएको छ ।

कुल २० वटा वडा रहेको इटहरीमा १९ वटा वडामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । इटहरी वडा नं १५ मा भने अहिले सम्म कोरोना संक्रमण पुस्टी भएको छैन । वडा नं १५ का वडाध्यक्ष श्रवण कुमार चौधरीका अनुसार वडामा उच्च सतरकता अपनाइएकै कारण अहिले सम्म कोरोना संक्रमण नदेखिएको दावी गर्छन ।

तत्कालिन एकम्बा गाविस रहेको सो क्षेत्रमा अधिकांस चौधरी समुदाय संगै छिटफुट मुसहर र पहाडे समुदायको पनि बसोवास रहेको छ । सिंगो शहरमा कोरोना संक्रमण फैलिरहदा वार्ड नं १५मा भने सुरक्षा सतरकता बढाउनेतिर छलफल भइरहयो र हाल सम्म संक्रमणबाट पनि जागिदै आएको वडाध्यक्ष चौधरीको भनाइ छ ।

चारैतिर संक्रमणको त्रास भएपनि त्यहाका स्थानीयहरू कोरोना भनेको केहो र लक डाउन भनेको सुन्दै नसुनेको बताउछन । उपमहानगरले पिसिआर परिक्षणको दायरा बढाइरहदा त्यहाका स्थानीयहरू परिक्षण गर्न नमानेको बताइएको छ । वडाध्यक्ष श्रवण चौधरीले पनि पटक पटक पिसिआर परिक्षण गर्नुपर्छ भन्दा गाउलेहरू नमानेको बताउछन । सोहि वडालाइ हेर्ने हो भने चारै तिरबाट संक्रमणको क्षेत्रले घेराहालेको अवस्था छ ।

अहिले सम्म सुरक्षित रहेको भनिएपनि इटहरी वडा नं १५ को चारैतिर संक्रमणले छोएको क्षेत्रहरू रहेका छन । वडा १५ को उत्तरमा इटहरी १६ पर्छ भने दक्षिणमा इनरूवा नगरपालीका ६ र ७ पर्छ , त्यस्तै पूर्वमा गढी गाउपालीका १ पर्दछ भने पश्चिममा रामधुनी नगरपालीका १ पर्दछ ।

यता यस बिषयमा इटहरी १५ का वडाध्यक्ष श्रवण कुमार चौधरी संग थप जानकारी लिदा उनले यि चारै नाकामा हाल शिल गरिएको हुदा संक्रमणबाट डराउनुपर्ने त्यस्तो खतरा नदेखिएको बताए । उनले नयाँ मान्छेहरूको प्रवेश नभएको साथै यहाका मान्छेहरू पनि बाहिर आउने जाने नगरेको र उच्च सुरक्षा सतरकता अपनाइएकै कारण आफ्नो वडामा हाल सम्म कोरोना संक्रमण नदेखिएको बताउछन ।