इलामः इलाम नगरपालिकाका १९ जनाको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको छ । असोज १२ (आज) आएको रिपोर्टमा १९ जनाको श्वाव संकलन असोज नौ मा गरिएको थियो । उनिहरु सबै विदेशबाट आएर क्वारेन्टाईनमा बसेको स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलको भनाई छ ।  जसमा १७ जना भारत बाट र दुई जना कुवेदबाट आएका हुन ।  यो सँगै अव इनपाको नयाँ बसपार्क स्थीत क्वारेन्टाईनमा ३ जना मात्र रहेका छन । तीन जना असोज ११ गते साउदीअरव, मलेसिया र कतार बाट आएका छन उनिहरुको श्वाव संकलन केहिदिनमा हुने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

इलाम नगरपालिकामा मात्र ५७ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिले  सबैले निको भईसकेका छन । देशमा  कोरोना संत्रमणको संख्यामा वृदि भईरहेपनि इलाममा निको हुनेको सँख्या बढेकाले कोरोना संक्रमण नियन्त्रणमा रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले भने ‘कोरोनालाई आतङ्कको रुपमा लिएर जनजिवन प्रभावित बनाई रहेको छ ।, यसलाई आतङ्कको रुपमा हैन अवसरको रुपमा लिएर अघि बढ्न नगरबासीलाई अनुरोध गरेका छन ।’