इटहरी : धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान २ का एक ३८ वर्षिय पुरुषको मृत्यु भएको छ । विहिबार राती उपचारमा रहेका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको मंगलबार बिहान ५ः४५ बजे मृत्यु भएको जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तकलाई घरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो ।

मृतकको शव व्यवस्थापन नियम अनुसार व्यवस्थापन भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए । दिर्घरोगको विषयमा कुनै जानकारी नरहेको तर प्रतिष्ठानको इमर्जेन्सिमा  परीक्षण गर्दा अत्याधिक मात्रामा ब्लड सुगर देखिएको उनले बताए ।