इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज सोमबार दिउँसो १ बजे कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको गौरादह–१ घर भएका ५१ वर्षीय पुरुष रहेको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । दाहालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि गत असोज ३ गते शनिबार नोबेल अस्पताल भर्ना भएका उनको कोरोना रिपोर्ट गत मंगलबार पोजिटिभ देखिएपछि आइसोलेसनमा राखी उपचार भइरहेको थियो ।

उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कलेजोको समस्याबाट पीडित रहेको दाहालको भनाइ छ ।