इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नै स्रोत, साधन र लगानीमा नगर अस्पताल संचालनमा ल्याएको छ । नगरले २०७६ सालको श्रावण महिनादेखि अस्पताल संचालनमा ल्याएको हो । नगर अस्पताल संचालनमा आएपछि सामान्यदेखि जटिल प्रकारका विरामी पर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरका विभिन्न अस्पताल धाउनु पर्ने बाध्यता कम भएको छ ।

नगरले स्थापना गरेको अस्पताल नेपालमा पालिका स्तरबाट संचालन भएको दोस्रो र प्रदेश १ को पहिलो अस्पताल भएको नगर प्रमुख निलम खनालने जानकारी दिए । ‘बराहक्षेत्रले स्थापना गरेको नगर अस्पताल नेपालको दास्रो र प्रदेश १ कै पहिलो अस्पताल हो । यहाँ हामीले भौतिक संरचना, आवश्यक उपकरण र दक्ष जनशक्ति नगरको स्रोत र विभिन्न दाता संकलन गरेर संचालन गरेका हौँ’, नगर प्रमुख खनालले भने । उनले अस्पताल बनाउँदा सोचे जस्तो सजिलो नभए पनि अस्पतालको सेवाबाट नगर बासी खुशी भएकाले आफूँ त्यसमा नै सन्तुष्ट भएको बताए । उनले सो अस्पतालमा नगरका मानिससँगै छिमेकि जिल्ला भोजपुर, उदयपुर, मोरङ र इटहरीबाट पनि विरामी सेवा लिन आउने गरेको बताए ।

नगर अस्पतालकी व्यवस्थाप तथा स्वास्थ्यर्की डा.सौलु अर्याल थापाले अस्पतालमा दुर्घटनाको विरामिदेखि लिएर दमका विरामी पनि आउने गरेको बताइर्न । ‘अस्पताल नजिकै भएकाले यहाँ सबै प्रकारका विरामीहरु आउँछन् सामान्यता । तर हामीले जटिल खालको विरामीको मुल्याङ्कन गर्दा बढी मात्रामा दुर्घटना र दमका विरामी आउँछन् । हामी तुरुन्तै उहाँहरुको अवस्था हेरेर धरान र विराटनगर रेफर गर्छौँ’, उनले भनिन् । साथै त्यहाँ ‘ओपीडि’मा उच्च तथा न्यून रक्तचाप, चीनी रोग९सुगर०, ज्वरो, रुघाखोकी का विरामी आउने गरेको उनले बताइन् । साथै अहिले मौसम परिवर्तनको समय भएकाले सामान्यतयाः मौसमी रोगका विरामी पनि आउने गरेको उनले बताइन् ।

नगरले संचालन गरेको सो अस्पतालमा दैनिक २०० देखि ३०० सम्म विरामी आउने गरेका छन् । आफ्नै ठाउँमा सस्तोमा सुलभ र सरल तवरले सेवा पाउने भएकाले नगरबासी खुशी भएका छन् । खुट्टाको समस्या लिएर नगर अस्पताल आएकी मनिता राईले पहिला सामान्य विरामी हुँदा पनि धरान तथा विराटनगर जानुपर्ने बाध्यता रहेको तर नगर अस्पताल सञ्चालन पश्चात फाइदा भएको बताइन् । ‘हामी सामान्य ज्वरो आउँदा पनि धरान की विराटनगर जानुपथ्र्यो तर अस्पताल आफ्नै ठाउँमा सञ्चालन भएपछि हामीलाई सहज भएको छ । यहाँबाट टाढा जाँदा यातायातको भाडादेखि लिएर अस्पतालमा पनि समस्या हुन्थ्यो । अब जटिल खालको रोग भए त झन् समस्यामा पथ्र्यौँ तर अहिले भिडियो एक्सरे, अल्ट्रसाउन लगायतका सेवा यहीँ पाउँदा खुशी लागेको छ’, उनले भनिन् । साथै उनले अस्पतालको सेवा थप विस्तार गर्न पनि अनुरोध गरिन् ।

बराहक्षेत्रले सञ्चालन गर्ने यो अस्पताल ३६५ दिनै सञ्चालन हुने र सम्पुर्ण सेवा २४ घण्टा खुल्ला रहने अस्पतालले जानकारी दिएको छ । अस्पतालको थप सेवा चाँडै विस्तार हुने पनि अस्पतालले बताएको छ । अस्पतालले ‘डिजिटल क्यमेरा’ क्यान्सर परिक्षण गर्नका लागि आवश्यक मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । क्यान्सर परिक्षणको मेसिन आउन केहि समय लागेपनि ‘डिजिटल क्यमेरा’ चाँडै आउने र सेवा पनि सुरु हुने अस्पतालले जानकारी दिएको छ ।