इटहरीः कोरोना संक्रमित सप्तरीका ३९ बर्षीय पुरुषको आज बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । विज्ञान प्रतिष्ठनको कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेर १० मिनेटमा राजविराज ४, सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए ।

उनका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृतकलाई विराटनगरस्थित गोल्डेन हस्पिटलले रेफर गरेपछि बीपी प्रतिष्ठानमा भर्ना भएका थिए। उनलाई उच्चरक्तचाप, विगत १० बर्षदेखि मधुमेह र मिगौलाको समस्या भएर डाइलाइसिस भइरहेको पनि प्रवक्ता डा सापकोटाले जानकारी दिए। बीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको कुलसंख्या ३७ पुगेको पनि प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।