इटहरीः मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज बुुधबार बिहान ४ बजे एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेम मोरङको जहदा गाउँपालिका–६ घर भएका ६० वर्षीय पुरुष रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए । उनका अनुसार ती पुरुषमा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह, मोटोपनाको समस्या रहेकोमा असोज ४ गते स्वासप्रस्वासमा समस्या आएपछि कोभिड अस्पताल भर्ना गरी दुई दिनपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
मोटोपनाका कारण ती पुरुषको तौैल एक सय १० किलो पुगेको डा.सिग्देलले बताए । संक्रमणका कारण प्रदेश १ भर हालसम्म १९ महिला र ४९ पुरुष गरी ६८ जनाले ज्यान गुमाइसकेका छन् ।