इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज बुधबार दिउँसो १२ः३५ बजे सुनसरीको इटहरी–५ घर भएका ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
आजै कोरोना संक्रमण देखिएका उनलाई स्वासप्रस्वासमा समस्या भएपछि कोभिड उपचार केन्द्रको आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा भर्ना गरिएको डेढ घण्टामै उनको मृृत्यु भएको उपचार केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए । अन्य कुनै दीर्घ रोगको लक्षण नदेखिएपनि कोरोना संक्रमणकै कारण उनको ज्यान गएको डा. सिग्देलको भनाइ छ ।
उनका अनुसार आजै कोसी कोभिड उपचार केन्द्रमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुष र नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर–२ का ५० वर्षीय संक्रमित पुरुषको पनि संक्रमणबाट ज्यान गएको थियो । यसका साथै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।