इटहरीः चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

जुम्लामा १९ औँ सत्याग्रह सुरु गरी हाल काठमांडौको त्रिवि शिक्षण अस्पतालमा अनसनरत उनीमा जिउ गल्ने, चक्कर लाग्ने, मुटुको धड्कन बढ्नेलगायत समस्याका साथै उनको रगतमा डब्लुबिसी, सुगर र पोटासियमको अभाव देखिएको अस्पतालको भनाइ छ ।

माग सम्बोधन नभएसम्म उपचार नलिने अडानमा रहेका डा. केसीलाई कुनै पनि बेला भेन्टिलेटर आवश्यक पर्नसक्ने चिकित्सकको भनाइ छ । उनको स्वास्थ्य अवस्थाको निगरानीका लागि डा.सुवास आचार्यसहितको टोली खटिएको छ ।