इटहरीः सुनसरीको इटहरीमा आज बिहीबार २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गत असोज ११ र १२ गते भएको परीक्षणको नतिजा अनुसार २१ जनामा संक्रमण देखिएको हो । इटहरी उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईका अनुसार इटहरी ४ का १ जना ५० वर्षीय पुरुष, इटहरी ५ का १ जना १९ वर्षीया महिला, इटहरी ७ का १ जना ४५ वर्षीय पुरुष, इटहरी ८ का १ जना ४१ वर्षीया महिला, इटहरी ९ का १ जना २७ वर्षीय पुरुष, इटहरी १० का २५ वर्षीय पुरुष र ३२ वर्षीया महिला गरी दुई जना, इटहरी १२ का ४२ र ५८ वर्षीय पुरुष र ४५ वर्षीया महिला गरी तीन जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, स्वैचिछक रुपमा परीक्षण गराएका इटहरी १ का १ जना २९ वर्षीय पुरुष, इटहरी ५ का २९, ५५ र ७२ वर्षीय पुरुष गरी तीन जना, इटहरी ८ का ३० र ३६ वर्षीय पुरुष गरी दुई जना, इटहरी ९ का १ जना ३७ वर्षीया महिला, इटहरी १३ का १ जना ३१ वर्षीया महिला, इटहरी १६ का १ जना, ३३ वर्षीय पुरुष, इटहरी २० का १ जना, ७७ वर्षीया महिला र नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका १ जना ३१ वर्षीय पुरुष सैनिकमा समेत संक्रमण देखिएको भट्टराईको भनाइ छ । यससँगै इटहरीमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पाँच सय १६ पुगी संक्रमितमध्ये दुई जनाको ज्यान गइसकेको छ ।