इटहरीः विराटनगरस्थित मोरङ जिल्ला कारागारका बन्दीको मृत्युपछि कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा सुनसरीको इटहरी घर भएका २७ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । कोशी अस्पतालमा उपचाररत अवस्थामा हिजो बुधबार राति ज्यान गुमाएका उनको परिक्षणको नतिजा आज बिहान पोजिटिभ देखिएको कोसी अस्पतालका आइसोलेसन प्रमुख डा.लक्ष्मीनारायण यादवले बताए । उनीमा कुनै दीर्घरोग नभएको उनको भनाइ छ । मृतक लागूऔषध दुरुपयोगको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।