इटहरीः सुनसरीको इटहरीस्थित इटहरी अस्पतालले भोलि शुक्रबारदेखि तीन दिनसम्म आकस्मिक बाहेकका आफ्ना सेवा बन्द गर्ने भएको छ । इटहरी उपमहानगरपालिका कार्यालयका साथै अस्पतालभित्रका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकाले आगामी असोज १८ गतेसम्म अस्पतालले सेवा बन्द गर्न लागेको हो । इमर्जेन्सीका अतिरिक्त प्रसुति सेवा र फिभर क्लिनिकको सेवा भने यथावत रहने अस्पतालले जनाएको छ ।

itahari aspatal.