इटहरीः प्रदेश १ मा कोरोना संक्रमणका कारण हिजो बिहीबार ६ वर्षीय बालकसहित पाँच जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा मोरङको उर्लाबारीकी ८४ वर्षीया महिला, इटहरीका ५६ वर्षीय पुरुष, इटहरीकै २७ वर्षीय पुरुष,सप्तरीका एक पुरुष र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ६ वर्षीय बालक रहेका छन् ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिजोसम्म प्रदेशभर ६ हजार नौ सय ८० जनामा संक्रमण देखिएको छ ।