इटहरीः चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लाबाट १९ पटकको सत्याग्रह सुरु गरी हाल त्रिवि शिक्षण अस्पताल काठमांडौमा अनसनरत डा.गोविन्द केसीलाई पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले आज शुक्रबार अस्पतालमै पुगेर भेटेका छन् ।

भेटका क्रममा डा. यादवले डा. केसीको स्वास्थ्य अवस्थाबारे उपचारमा खटिएका चिकित्सकसँग जानकारी लिँदै उनको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता प्रकट गरेका थिए । गत भदौ २९ गते सत्याग्रह सुरु गरेका डा. केसीले असोज ६ गतेदेखि त्रिवि शिक्षण अस्पतालबाट अनसनलाई निरन्तरता दिएका छन् । सत्याग्रह सुरु भएको १९ दिन बितिसक्दा पनि सरकारले वार्ता प्रकृया सुरु गर्न कुनै चासो देखाएको छैन ।