आषिका लम्साल
विराटनगरः स्त्री रोग तथा प्रसुती विशेषज्ञ डा .बालकृष्ण साह जब साँझ पाँच बज्छ तब विरामीको उपचार छाडेर कोशी अस्पताल पुग्छन । त्यहाँ आफनै हातले विरामी कुरुवाहरुलाई खाना बाँडछन र फर्कन्छन । उनी एक महिनादेखी आफना सहयोगी स्वास्थ्यकर्मीहरुसँगै यसैगरि उपचारसँगै खाना बाँडने सेवामा पनि तल्लिन छन ।
डा साह मात्र हैन कोभिड १९ महामारीको बेला आआफना अस्पताल र क्लिनिक अनि औषधी पसलहरुमा फ्रन्टलाइनमा रहेर खटिदै आएका विराटनगरका स्वास्थ्यकर्मीहरु आजकल ‘लायन्स हेल्थ प्रोफेसनल क्लबमा’ आवद्ध भएर विरामीको उपचारसँगै खाना खुवाउने सेवामा लागिरेरहेका हुन ।
सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीका कुरुवाहरुलाई महामारीले गर्दा खाना खान अझै समस्या भैरहेकोले आफुहरु उपचारसँगै खाना खुवाउने सेवामा पनि लागिपरेको विराटनगर महानगरपालिका कोभिड ईन्चार्ज तथा महानगरपालिका कोभिड ईन्र्चाज हैदर अली बताउँछन । उनका अनुसार दशैको घटस्थापना सम्म कोशी अस्पतालका विरामी कुरुवाहरुलाई खाना खुवाउने हेल्थप्रोफेसनल क्लबको योनजा छ । यसैले घटस्थापना सम्म खाना पकाउन विराटनगरको रोयल विरयानी हाउससँग सम्झौता भइसकेको छ ।
लायन्स हेल्थ प्रोफेसनल क्लबमा विराटनगरका २५ जना स्वास्थ्यकर्मीहरु सदस्य छन । जसमध्ये ५ जना डाक्टर , २ जना जनस्वास्थ्य विज्ञ , ३ जना औषधी व्यावसायी र अन्य प्राविधिक र स्वास्थ्य सहायकहरु छन । उनीहरु सबै हरक साँझ आलोपालो साँझ कोशी अस्पतालमा एक सय जनालाई खाना बाँडन पुगिरहेका छन । अध्यक्ष अलीका अनुसार खानामा लाग्ने खर्च उनीहरु आफैले जनही वेहार्ने र केही दाताहरुसँग समन्वय गेरेर जुटाइरहेका छन । अध्यक्ष अलीका अनुसार हेल्थ प्रोफेसनल क्लबले महामारीका बेला पत्रकार , स्वास्थ्यकर्मी र विज्ञहरुको भूमिका कस्तो हुनपर्छ भनेर नियमित अन्तक्र्रिया गरिरहेको छ ।