इटहरीः कोरोना संक्रमण भई उपचार गराईरहेकी सुनसरी इनरुवाकी एक युवतीको मृत्यु भएको छ । इनरुवा ४ निवासी २८ बर्षीया युवतीको आज बिहान ४ बजेर ३० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।
असोज ८ गते प्रतिष्ठानको कोभिड १९ अस्पताल भर्ना भएकी उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट मृत्यु भएकी ती युवतीको शब नियम अनुसार व्यवस्थापनको काम थालिएको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् ।