इटहरीः जनता बहुमुखी क्याम्पसरमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरसफाइ गरेको छ । शनिवार अनेरास्ववियुले क्याम्पस परिसरमा सरसफाइ गर्नुका साथै गोडमेल पनि गरेको हो । गत वर्षको चत्रै महिनाको २८ गतेबाट क्याम्पसरमा क्वारेन्टिन र स्वाव संकलन केन्द्र सञ्चालनमा आएको थियो । हाल त्यहाँको स्वाव संकलन केन्द्र रंगशालामा सरिएको र त्यहाँ बस्नेले क्याम्पस परिसरमा फोहोर फालेर गएपछि अनेरास्ववियुले सरसफाइ गरेको हो ।
अनेरास्ववियुले ३० जनाको उपस्थितमा क्याम्पस परिसरमा रोपिएका बोटविरुवाको गोडमेल गर्नुको साथै त्यहाँ बसेको मानिसले फालेका ‘मिनिरल वाटर’को बोतल तथा अन्य फाहोर संकलन गरेको हो । लामो समयसम्म क्याम्पसमा क्वारेन्टिन राखेर सफा नगरि त्यहाँबाट गएपछि अनेरास्ववियले सफाइ गरेको हो ।