इटहरीः स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना पुष्टि भएको भन्दै मोरङको पथरी–शनिश्चरे नगरपालिकास्थित पथरी नगर अस्पतालले आफ्ना सबै सेवा बन्द गर्दै अस्पताल सील गरेको छ ।
अस्पतालमा कार्यरत सबै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङसहित पीसीआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पताल प्रशासनको भनाइ छ । पथरीशनिश्चरे नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यका साथै अस्पताल र नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिमा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद गुरागाईँले अस्पतालमा संक्रमण भित्रिएपछि सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा पठाई अस्पताल बन्द गरिएको बताए ।