इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा आज आइतबार २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
इटहरी उपमहानगरपालिकाका अनुसार संक्रमित हुनेहरुमा इटहरी १ का १जना २२ वर्षीय पुरुष, इटहरी ४ का ३० वर्षीय पुरुष र ३८ वर्षीया महिला गरी का २ जना इटहरी ५ का ३० र ४४ वर्षीय पुरुष गरी २ जना, इटहरी ६ का ९,२१,२४,२८,५२ , वर्षीय पुरुष र २२,३०,५० वर्षीया महिला गरी ८ जना, इटहरी ८ का ५५ वर्षीय पुरुष तथा २४,५६ र ८० वर्षीया महिला गरी चार जना, इटहरी ९ का १ जना २५ वर्षीय महिला, इटहरी ११ का १ जना २८ वर्षीय पुरुष र इटहरी १३ का १ जना २४ वर्षीया महिला रहेका छन ।
त्यसैगरी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा स्वैच्छिक रुपमा स्वाब परीक्षण गराएकामध्ये इटहरी १३ का एक जना ५१ वर्षीया महिलामा पनि संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिए । यससँगै इटहरीमा हालसम्म कोरोना संक्रमित हुनेहरुको कुल संख्या पाँच सय ६६ पुगेको भट्टराईको भनाइ छ । उनका अनुसार संक्रमितमध्ये हालसम्म चार जनाले ज्यान गुमाएका छन् । उपमहानगर क्षेत्रमा संक्रमण दर बढ्दै गएकाले सतर्कता अपनाउन उनले नगरबासीसँग आग्रह गरेका छन् ।