इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयले थप तीन दिन आफ्नो कार्यालय र मातहतका वडा कार्यालयहरुको सेवा बन्द गर्ने निर्णय गरेको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज १५ गतेको निर्णयानुसार आज आइतबारसम्म उपमहानगर तथा मातहतका सबै वडा कार्यालय बन्द गरेकोमा कन्ट्याक्ट ट्रेसिङबाट थप कर्मचारी तथा सेवाग्राही संक्रमित देखिएपछि आगामी असोज २१ गतेसम्म उपमहानगर तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय भएको इटहरी उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिए । कार्यालय बन्द रहेपनि अत्यावश्यक सेवा प्रवाह भने यथावत रहने भट्टराईले प्रष्ट पारे ।