इटहरीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुनसरीको एकता टुङ्गोमा पुगेको छ । शनिवार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू सुनसरीले ६१ सदस्य समिति सहित एकता प्रक्रिया पुरा भएको जानकारी दिएको हो । अनेरास्ववियूको जिल्ला संयोजकमा जिवि गजल र सह–संयोजकमा बुद्रोस लिम्बुलाई नियुक्त गरिएको छ । संयोजक जिवि गजल पुर्व एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुनसरीको अध्यक्ष हुन भने सह–संयोजक बुद्रोस लिम्बु पुर्व माओवादि निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका सुनसरी अध्यक्ष हुन् ।
दुई पाटी नेकपा एमाले र माओवादिको एकताको लामो समय वितिसक्दा पनि भातृ संगठनको एकता टुङ्गो नलाग्दा कार्यसम्पादमा दुविधा हुँदै आएको थियो । एकता भएपछि अव सम्पुर्ण जिम्मेवारी बाँडफाँड भएको र कार्यसम्पादनमा एकरुपता आउने अनेरास्ववियू सुनसरीको बुझाई छ ।
सुनसरीका ७ वटा क्याम्पसमा संयोजक र सह–संयोजक तोकियो
अनेरास्ववियूले जिल्ला समितिको टुङ्गो लगाएसँगै सुनसरीका ७ वटा क्याम्पसका संयोजक र सह–संयोजकको पनि टुङ्गो लगाएको छ । अनेरास्ववियूले सुनसरी बहुमुखी क्याम्पस इनरुवाको संयोजकमा रोहित साह र सह–संयोजकमा सज्जाद आलवलाई नियुक्त गरेको छ । यस्तै सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रको संयोजकमा अनिल राई र सह–संयोजकमा सुरज भट्टराई, जनता बहुमुखी क्याम्पस इटहरीको संयोजकमा उज्वल सिग्देल र सह–संयोजकमा अर्जुन पौडेल र पुर्वाञ्चल ईन्जिनियरिङ्ग क्याम्पसको संयोजकमा प्रदिप घिमिरे र सह–संयोजकमा अरुण कटुवाल नियुक्त भएका छन् ।
अनेरास्ववियूले महेन्द्र बहुमुखी क्याम्पस धरानको संयोजकमा रविन श्रेष्ठ र सह–संयोजकमा शेखर रेग्मि, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरानको संयोजकमा किरण निरौला र सह–संयोजकमा आषिक थापा र पिण्डेश्वर विद्यापिठ धरानको संयोजकमा नरेन्द्र ढुंगेल र सह–संयोजकमा पवन अधिकारीलाई चयन गरेको छ ।