इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा आज सोमबार बिहान एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भएका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार गत शुक्रबार प्रतिष्ठानमै गरिएको स्वाब परिक्षणबाट संक्रमित पुष्टि भएका उनको आइसोलेसनमा राखी उपचार भइरहेकोमा आज बिहान ६ः४५ बजे मृत्यु भएको हो । मृतक लामो समयदेखि उच्च रक्तचाप र मृगौलाको समस्याबाट पीडित थिए ।