इटहरीः तेह्रथुमको म्याङलुङग १ निवासी ३१ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराईरहेका उनको आज बिहान साढे ९ बजे मृत्यु भएको हो । उनि हिजो मात्र प्रतिष्ठान भर्ना भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको मृगौला समेत फेल भएको डा. श्रेष्ठले बताए ।