इटहरीः कोरोना भाइरस संक्रमणबाट धरानका एक बृद्धको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर ३ निवासी ६३ बर्षीय बृद्धको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनि असोज १२ गते उपचारका लागि कोभिड १९ अस्पताल भर्ना भएका थिए । मृत्यु भएका बृद्धलाई कोरोना संक्रमण अघि क्षयरोग र चिनी रोगका दिर्घरोगी रहेको डा.श्रेष्ठले बताए ।