इटहरीः कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत सुनसरीको इटहरीस्थित योजना कार्यालयको कामकाज ठप्प भएको छ ।
कोशी लोकमार्गको इटहरी खण्डमा सडक विस्तारको काम गरिरहेको कार्यालयले इन्जिनियर र सबइन्जिनियर गरी कार्यालय मातहतका दुई कर्मचारीमा संक्रमण पुष्टि भएको र थप एक कर्मचारीमा कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै हिजो सोमबारदेखि असोज २५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको योजना प्रमुख रमेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार कार्यालयबाट प्रवाह हुने आकस्मिक सेवा भने यथावत रहनेछ ।