इटहरीः उदयपुरका जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर दर्नाल कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार गत असोज १८ गते मोरङको विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको नतिजा अनुसार दर्नाल आज संक्रमित देखिएका हुन् ।

ज्वरो आएपछि संक्रमणको आशङ्कामा स्वाब परीक्षण गराएका उनी संक्रमित देखिएपछि उपचारका लागि बेल्टारस्थित कोभिड अस्पतालतर्फ लैजाने तयारी गरिएको सुवेदीको भनाइ छ । यसअघि पनि बेलका नगरपालिकाका मेयरसहित ६ जना संक्रमित भएका थिए ।