इटहरीः सुनसरीको इटहरीमा आज मंगलबार नेपाली कांग्रेसनिकट युवाहरु सम्मिलित बीपी अध्ययन प्रतिष्ठान इटहरी उपमहानगर समिति गठन भएको छ ।

bp1

दिवस शर्माको अध्यक्षतामा गठित २१ सदस्यीय समितिको उपाध्यक्षमा रामु कार्की र बासु बराल रहेका छन् भने सचिवमा सुमन घिमिरे र राम निरौला रहेका छन् । यसैगरी समितिकी सहसचिवमा बिपना राई र कोषाध्यक्षमा दीपशिखा कोइराला रहेका छन् ।

bp2

 

समितिका सदस्यहरुमा सोमराज शर्मा, बिमला पराजुली, देवराज शर्मालगायत रहेका छन् । बीपी कोइरालाका राजनीतिक विचार, उनका मौलिक दर्शन तथा कालजयी लेखहरुको संरक्षण र प्रचारप्रसारबाट उनका मान्यताहरुलाई अनन्त कालसम्म जिवित राख्ने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ ।