इटहरीः इटहरीका मुख्य बजार खुल्ला गरेसंगै मानिसहरुको आवत जावत बढेसंगै कोरोना संक्रमितहरुको संख्या पनि बढ्दै गईरहेको छ । इटहरीमा पछिल्लो समय थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

असोज १७ र १८ गते स्वाब संकलन गरिएका मध्ये २३ जनामा संक्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा इटहरी २ का २१ वर्र्षीया महिला, इटहरी ४ का २४, ४२, २६ वर्षीय पुरुष, इटहरी ५ का ५७ वर्षीय पुरुष र ३० वर्षीय महिला, इटहरी ६ का ६२ वर्षीय पुरुष र ५२ वर्षीया महिला, इटहरी ८ का ३६ वर्षीय पुरुष र ४० वर्षीया महिला, इटहरी १७ का २५, ५६ वर्षिय पुरुष रहेका छन् । यस्तै रामधुनी नपा–७ का ११ वर्षीय पुरुष र १४, ३५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिका प्रेश संयोक लिलाराज भट्टराईले जानकारी दिए ।

त्यसैगरि बिभिन्न अस्पतालमा सेल्फ परिक्षण गराएका मध्ये इटहरी ४ का २५, ४७ वर्षीय पुरुष, इटहरी ५ का ३३ वर्षीय पुरुष र २४, ३७, ५१ वर्षीया महिला, इटहरी ७ का १६ वर्षीय पुरुष, इटहरी २० का ३० वर्षीया महिला रहेका छन् । योसँगै इटहरीमा हालसम्म संक्रमण पुष्टी भएको कुल संख्या ६३५ पुगेको भट्टराईले बताए । इटहरीमा अहिलेसम्म कोरोना संक्रमण कै कारण ४ जनाको मृत्यु भएको छ ।