इटहरीः सुनसरीको दुहबी घर भएका ५० वर्षीय अधिवक्ता रामबाबु निरौलाको कोरोना संक्रमणका कारण हिजो मंगलबार बेलुका मृत्यु भएको छ ।
निमोनियाका कारण काठमांडौस्थित ग्रान्डी अस्पतालमा उपचाररत रहेका उनमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । नेकपा जिल्ला सचिवालय सदस्य रहेका उनी पछिल्लो समय अधिवक्ताका साथै लायन्स क्लब इन्टरनेसनल ३२५ ए का क्षेत्रीय अध्यक्ष,कानूनविद तथा सामाजिक अगुवाका रुपमा कार्यररत रहेका थिए । उनका दुई श्रीमति र दुई छोरी छन् ।