इटहरीः   देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४ सय ३९  जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४   पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ सय २६  जना निको भए सगै जम्मा निको हुनेको संख्या ६८ हजार ६ सय ६८ जना पुगेको छ भने मृतकको संख्या ५ सय ६३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।