इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा आज बिहीबार बिहान एक संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१० घर भएका ३९ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले बताए । उनका अनुसार असोज १२ गते संक्रमित पुष्टि भई १३ गते प्रतिष्ठान भर्ना भएका ती पुरुषको बिहान ४ः३० बजे आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै प्रदेश १ मा संक्रमणका कारण ज्यान गुमउनेको कुल संख्या ८९ जना पुगेको छ ।