इटहरी : २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४३६४ जनामा संक्रमण पुष्टि भएको छ । डा. गौतमका अनुसार २४ घण्टामा २ हजार ६७५ जना निको भए सगै जम्मा निको हुनेको संख्या ७१ हजार ३४३ जना पुगेको छ भने मृतकको संख्या ५ सय ९० पुगेको छ ।
यो सगै देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।