इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इटहरी–६ का ६८ वर्र्षीय र सुनसरीकै दुहबी घर भएका ५२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए । उनका अनुसार असोज २० गते संक्रमण पुष्टि भई हिजो मात्र प्रतिष्ठानमा भर्ना भएका इटहरीका पुरुषको उपचारका क्रममा राति १२ः३० बजे ज्यान गएको हो ।
उनलाई कुनै दीर्घ रोग नभएको श्रेष्ठे यसैगरी, असोज १२ गते संक्रमण देखिएलगत्तै प्रतिष्ठानमा भर्ना भएका मृगौलाको समस्याबाट पीडित दुहबीका पुरुषको आज बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको श्रेष्ठको भनाइ छ ।