इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ मै आजसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, ते¥हथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विराटनगरमा १५२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन् । मोरङको सुन्दहरैचामा ४ महिला र १४ पुरुष, जहदामा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ७ पुरुष, कानेपोखरीमा २ महिला र ७ पुरुष, ग्रामथानमा १ महिला र ६ पुरुष, कटहरीमा ३ महिला र ३ पुरुष, रतुवामाईमा १ महिला र २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २–२ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्तालयले जनाएको छ ।

सुनसरीको धरानमा २७ महिला र ३३ पुरुष, इटहरीमा २४ महिला र ३५ पुरुष, इनरुवामा २ महिला र ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहवी र बर्जुमा २–२ पुरुष, बराहक्षेत्रमा १ महिला १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुष, झापाको भद्रपुरमा १ महिला १४ पुरुष, मेचीनगरमा ४ महिला ३ पुरुष, दमक र विर्तामोडमा ४–४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इलामको इलाम नगरपालिकामा ७ पुरुष, सुर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १–१ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र ५ पुरुष, महालक्ष्मीमा १ पुरुष, संखुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरि उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, भोजपुरको भोजपुर र आमचोकमा १–१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला ३ पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१ पुरुष, ते¥हथुमको लालीगुराँसमा १ पुरुष, ओखलढुङ्गाको चिशंखुगढीमा १ पुरुष र प्रदेश १ बाहिरका ११ महिला २८ पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ । प्रदेशबाट शुक्रबार ११३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका छन् । हालसम्म ४ हजार ७७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।