इटहरीः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा आज शनिबार थप एक सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै धरानमा कुल संक्रमितको संख्या एक हजार एक सय जना पुगेको छ । आज बिहान प्राप्त भएको स्वाब परीक्षणको नतिजाबाट पहिचान भएका संक्रमितहरुमा सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका संक्रमितहरु रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए ।

समुदायस्तरमा संक्रमण फैलिरहेको धरानमा संक्रमण नियन्त्रण हुन नसके ठूलो संकट निम्तन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाइ छ ।