इटहरीः एक सय बेड क्षमता रहेको इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को रंगशाला आइसोलेशनमा अहिलेसम्म ५८ जना संक्रमित बसेका छन् ।

आइसोलेसनमा बस्ने संक्रमित मध्ये आधा भन्दा बढी उपमहानगरकै कर्मचारी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी तथा थुनुवा रहेको आइसोलेशनका इन्चार्ज शिव कुमार झाले जानकारी दिए । उनका अनुसार आइसोलेशनमा आएका मध्ये १४ जना निको भएर घर फर्किसकेका छन् ।

हाल सो स्थानमा रहेका संक्रमितमा १४ जना महिला र ३० जना पुरुष रहेको झाले जानकारी दिए । संक्रमित मध्ये २ जना इलाका प्रहरी कार्यालय इटहरीका थुनुवा पनि रहेका छन् । थुनुवा मध्ये एक जना लागूऔषध कारोबार र अर्का बलात्कारका आरोपमा पक्राउ परेका हुन् ।

उनिहरुलाई २४ घण्टा इलाका प्रहरी कार्यालयका प्रहरीले निगरानी गर्ने गरेको आइसोलेशनका इन्चार्ज झाले जानकारी दिएका छन् । आइसोलेशनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।
इन्चार्ज झाले ५८ जना संक्रमित मध्ये सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको जानकारी दिए ।