इटहरीः मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा गएराति सुनसरीका दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको दुहबी–३ घर भएकी ४० वर्षीया महिला र हरिनगरा–४ घर भएका ७१ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्त्रक नारायण दाहालले जानकारी दिए । उनका अनुसार असोज २० गते अस्पताल भर्ना भई २१ गते संक्रमित पुष्टि भएकी फोक्सो र मधुमेहको दीर्घकालीन समस्याबाट पीडित दुहबीकी महिलाको आइसोलेसनमा उपचारका क्रममा राति ११ बजे ज्यान गएको हो ।

यसैगरी, असोज २१ गते स्वासप्रस्वासमा समस्याका कारण अस्पताल भर्ना भएका फोक्सोको समस्याबाट लामो समयदेखि पीडित हरिनगराका पुरुषमा सोही दिन संक्रमण पुष्टि भई आइसोलेसनमा उपचाररत रहेकोमा राति १०ः१५ बजे उनको ज्यान गएको प्रबन्धक दाहालले जानकारी दिए ।