इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा आज ४० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
असोज २० र २१ गते संकलित स्वाब जाँच गर्दा प्राप्त नतिजा अनुसार संक्रमित हुनेहरुमा इटहरी–२ का ३१,५७ र ५८ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला गरी चार जना, इटहरी–४ का ३४,४७,५४ र ५५ वर्षीय पुरुष तथा ३२,५० र ५२ वर्षीया महिलाका साथै एक ११ वर्षीया बालिका गरी आठ जना, इटहरी–५ का ५१ वर्षीय पुरुष र २२,२४,३३,३७ र ५७ वर्षीया महिला गरी ६ जना इटहरी–८ की एक जना १९ वर्षीया महिला, इटहरी–९ का २८ र ४६ वर्षीय पुरुष गरी दुई जना, इटहरी–१० का एक जना ३८ वर्षीय पुरुष, इटहरी–१२ का ४५ र ५३ वर्षीय पुरुष गरी दुई जना, इटहरी–१३ का एक जना ४७ वर्षीय पुरुष, इटहरी १४ का एक जना २७ वर्षीय पुरुष, इटहरी–१७ का २७ र ३९ वर्षीय पुरुष गरी दुई जना र इटहरी २० का एक जना ३३ वर्षीय पुरुष रहेको इटहरी उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले बताए ।
उनका अनुसार विभिन्न अस्पतालमा स्वैच्छिक रुपमा स्वाब जाँच गराएकामध्ये इटहरी–३ का एक जना ९० वर्षीय पुरुष, इटहरी–४ का एक जना २८ वर्षीय पुरुष, इटहरी–५ की एक जना ६४ वर्षीया महिला, इटहरी–९ का ४१ वर्षीय पुरुष र ३९ वर्षीया महिला गरी दुई जना र इटहरी–११ का एक जना २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म इटहरीमा कोरोना भाइरसबाट संक्रमितको कुल संंख्या सात सय ८१ जना पुगेको भट्टराईको भनाइ छ ।