इटहरी :  देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०७१  जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२  जना निको भए सगै जम्मा निको हुनेको संख्या ७५ हजार ८ सय ४ जना पुगेको छ भने मृतकको संख्या ६३६  पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।