इटहरीः कोरोना संक्रमणबाट धरान उपमहानगरपालिकाका २ जनाको मृत्यु भएको छ । धरान २ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा सोमबार बिहान मृत्यु भएको छ । धरान–२ का अर्का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत अवस्थामा आइतबार राति ११ बजे मृत्यु भएको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।
धरान–२ का वृद्धको स्वाव संकलन गरेर प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज २३ गते कोरोना पोजिटिभ देखिएको थियो । उच्च रक्तचापका दीर्घरोगी ती पुरुषलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा.आशीष श्रेष्ठले जानकारी दिएका छन् ।