इटहरीः इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि रेडजोन सहितको मापदण्ड तोकेको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो । उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ । इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र,वसपार्क,तरहरा वजार,खनार वजार,पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । यसैगरी वढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय वडाकार्यालहरु,इटहरी अस्पताल,यातायात,वैकहरु,विद्युत कार्यालयलाई रेडजोनमा राखिएको छ ।
रेडजोन क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरि विना प्रयोजन हिडडुल गर्न वन्द गर्ने निर्णय भएको छ ।माक्स नलगाई हिडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपियाँ जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने भएको छ । प्रत्येक पसल,कार्यालय अगाडी सावुन पानीको ब्यवस्था गर्ने,नगरेको पाइए एक पटक सचेत गराउने,पून उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार ।कारवाहीको लागि सिफारिस गरिने भएको छ ।साप्ताहिक हटिया वन्द गर्ने निर्णय गरिएको छ । कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा,मेला,भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिवन्ध गरिएको छ ।

Itahari
जेष्ठ नागरिक,दम,मधुमेह,उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवति,सुत्केरी र वालवालिकालाई उपचारका लागि वाहेक हिडडुलमा रोक लगाइएको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गरेका छन् । उपमेयर गौतमले पनि मापदण्ड वनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्नेमा जोड दिइन् । एक महिना अघिनै मापदण्ड लागु गरिएको भए अहिलेको जति प्रभाव नहुने उनको भनाई छ । मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरिएको छ । होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २सय ८६ जना छन । इटहरीको आइसोलेसनमा ४५ जना छन ।