इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज सोमबार बिहान इटहरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इटहरी–५ घर भएका ९० वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार लामो समयदेखि दम, मधुमेह, युरिक एसिड लगायतका समस्याबाट पीडित पुरुषमा कोरोना संक्रमण भएपछि उनी असोज २३ गते नोबेलमा भर्ना भएका थिए । अस्पतालको आइसीयूमा उपचारका क्रममा उनको आज बिहान करिब नौ बजे ज्यान गएको प्रबन्धक दाहालले बताए ।